एमाले बैठक : पार्टी पुर्नगठनबारे सदस्यहरूको फरक मत

हिमाल प्रेस ७ असोज २०८३ १८:२१ | Wednesday, September 23, 2026
14
SHARES
एमाले बैठक : पार्टी पुर्नगठनबारे सदस्यहरूको फरक मत

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी पुर्नगठनबारे केन्द्रीय सदस्यहरुले फरक–फरक मत राखेका छन्।

बैठकको तेस्रो दिन बुधबार अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा महासचिव शंकर पोखरेललगायतका नेताहरुले पार्टीलाई पुर्नगठनमार्फत सुधार गर्दै अघि बढाउनुपर्ने धारणा राखेका थिए।

ओली निकट नेताहरुले भने पुर्नगठनको बहसले तल्लो तहसम्म असर गरेकाले वर्तमान नेतृत्वलाई बलियो बनाएर अघि बढाउनुपर्ने बताएका थिए।

एमाले नेता ऐन महरले अधिकांश सदस्यहरूले पार्टीलाई एकताबद्ध बनाउने, कार्यशैली र व्यवहारमा सुधार गर्ने तथा जनतासँगको सम्बन्धलाई पुनः मजबुत बनाउने विषयमा जोड दिएको बताए। कार्यकर्तामुखी नेता र जनतामुखी कार्यकर्ता बनाउने गरी पार्टी अघि बढ्नुपर्ने विचारसमेत प्रस्तुत भएको उनले जानकारी दिए।

एमाले नेता कर्ण थापाले कार्यदलको प्रतिवेदन पार्टी अध्यक्षलाई मन नपरेकै भरमा अस्वीकार गर्न नमिल्ने बताए। बैठकमा महासचिवले कार्यदलको विषय नै छाडेको भन्ने भ्रम सत्य नभएको उनले बताए। उनले कार्यदलको प्रतिवेदनलाई पूर्णरुपमा स्वामित्व लिँदै त्यसका सुझावका आधारमा पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड दिए।

केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेपछि बिहीबार विधानअनुसार केन्द्रीय कमिटीमा मनोनीत गर्नुपर्ने निश्चित सदस्यहरूको मनोनयन गर्ने, पोलिटब्युरो तथा स्थायी कमिटीको गठन, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चहरूको गठन हुने नेताहरुले जनाएका छन्।

प्रकाशित: ७ असोज २०८३ १८:२१ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast