रिक्त पदमा एमालेका चार नेताले पाए जिम्मेवारी, प्रदेश १ इन्चार्जमा राजेन्द्र गौतम

हिमाल प्रेस २६ माघ २०७९ १८:०३
12
SHARES
रिक्त पदमा एमालेका चार नेताले पाए जिम्मेवारी, प्रदेश १ इन्चार्जमा राजेन्द्र गौतम

काठमाडौँ– नेकपा एमालेले रिक्त पदहरूमा चार नेतालाई जिम्मेवारी दिएको दिएको छ। ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले निर्वाचनपछि खाली भएका र पार्टी परित्यागपछि रिक्त बनेका चार पदमा नेताहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

यससँगै प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतम चयन गरेको छ। यसअघि इन्चार्ज रहेका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि रिक्त सो पदको जिम्मेवारी गौतमलाई दिइएको हो। गौतम पूर्वसांसद एवम् स्थायी कमिटी सदस्य हुन्।

यस्तै अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डे चयन भएकी छन्। घनश्याम भुसालले एमाले परित्याग गरेपछि खाली रहेको उक्त पदमा पाण्डे चयन भएकी हुन्।

अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ चयन भएका छन्। बालकृष्ण ढुंगेलको निधन भएपछि रिक्त भएको सो पदमा गुरुङ चयन भएका हुन्। ययस्तै रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख निर्वाचित भएपछि रिक्त धनुषा जिल्ला इन्चार्जमा शीला यादवले जिम्मेवारी पाएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =