बसमा आगजनी घटनामा संसद्‌मा कसले के भने?

हिमाल प्रेस ६ असोज २०८३ १४:४९ | Tuesday, September 22, 2026
6
SHARES
बसमा आगजनी घटनामा संसद्‌मा कसले के भने?

काठमाडौँ- सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जना चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा भाग लिने सांसदहरूले पटकपटक सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताए।

सांसद युवराज दुलालले काठमाडौँको त्रिपुरेश्वरचोकमा सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले सोमबार सवारीचालक अर्जुन दोङले मृत्युवरण गर्ने अवस्था आउनु ज्यादै दुखदः रहेको र उनले मृत्युवरण गर्नुको कारण सरकारले गम्भीर भएर खोजी गर्नुपर्ने बताए।

‘त्रिपुरेश्वर चोकमा उही ठाउँ र उही प्रकृतिको घटना दुई महिनाको अन्तरालमा दोर्‍योरिएकाले पनि ट्राफिक प्रहरीसँगको विवाद हुँदा चालकले आत्मदाह जस्तो गम्भीर प्रकृतिको घटना किन रोज्नुपरेको छ। त्यस्ता घटना रोक्न किन सरकारी निकायले पर्याप्त सावधानी अपनाइएन सो विषयमा सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने,‘यस्ता घटना बारम्बार किन भइरहेका छन् भन्ने विषयमा सरकार गम्भीर हुन जरुरी छ।’

सांसद क्रान्तिशिखा धितालले त्रिपुरेश्वरचोकमा भएका दुई घटनाले प्रहरीको काम गर्ने शैली र चालकको मनोदशाको विषयमा गम्भीर हुन जरुरी रहेको बताइन्।

सांसद आशिका तामाङले ट्राफिक प्रहरीले अनिवार्य शरीरमा क्यामेरा जडान गरेर आवश्यक कारबाही अघि बढाउनुपर्ने बताइन्।

सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरचोकमा भएको घटनालाई सामान्य घटनाको रूपमा नहेरी गम्भीर घटनाको रूपमा हेर्नुपर्ने बताए।

सांसद आशिष गजुरेल सडक प्रयोगकर्ता र चालकको मनोवैज्ञानिक असरका विषयमा विदेशी मुलुकमा ठूलो लगानी हुने गरेता पनि नेपालमा सो नहुँदा पनि विभिन्न खालका समस्या आउने गरेको बताए।

सांसद सोम शर्माले बाग्लुङमा फैलिएको डेङ्गुको समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: ६ असोज २०८३ १४:४९ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast