एकैदिन ५० हजार ८०८ वटा ग्यास सिलिन्डर काठमाडौँ भित्रियो, होला सहज?

हिमाल प्रेस ६ असोज २०८३ ६:२७ | Tuesday, September 22, 2026
6
SHARES
एकैदिन ५० हजार ८०८ वटा ग्यास सिलिन्डर काठमाडौँ भित्रियो, होला सहज?

काठमाडौँ- काठमाडौँ उपत्यकामा एकैदिनमा १६२ बुलेट एलपी ग्यास र ५० हजार ८०८ थान सिलिन्डर भित्रिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय देखिएको ग्यास अभावको समस्यालाई समाधान गर्न आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको नेतृत्वमा नेपाल आयल निगम, ग्यास उद्योगी तथा व्यवसायीहरूसँगको निरन्तर समन्वयपछि आपूर्ति प्रणालीमा सुधार आएको हो।

नेपाल आयल निगम, वीरगन्ज शाखाको दैनिक बिक्री विवरणअनुसार सो अवधिमा २,९८२.४५० मेट्रिक टन ग्यास बिक्री तथा ढुवानी भएको छ । सोहीअनुसार उपत्यकामा मात्रै ५० हजार ८०८ थान सिलिन्डर पठाइएको हो ।

 

 

प्रकाशित: ६ असोज २०८३ ६:२७ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast