रसुवा बाढीमा ज्यान गुमाएका परिवारसँग मुख्यमन्त्री थापाको भेट, आगामी दिनमा साथ दिइरहने जनाए प्रतिबद्धता

हिमाल प्रेस ६ असोज २०८३ ६:२३ | Tuesday, September 22, 2026
8
SHARES
रसुवा बाढीमा ज्यान गुमाएका परिवारसँग मुख्यमन्त्री थापाको भेट, आगामी दिनमा साथ दिइरहने जनाए प्रतिबद्धता

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा भदौ १० गते आएको भीषण बाढीमा परी ज्यान गुमाएका काभ्रेको बनेपा नगरपालिका–१० निवासी प्रह्लाद गिरीका परिवारजनसँग भेट गरेका छन्।

सोमबार गिरीको निवासमै पुगेर मुख्यमन्त्री थापाले शोकसन्तप्त परिवारजनसँग भेट गरी दुःख तथा समवेदना व्यक्त गरेका हुन्।

थापाले परिवारजनको पीडा सुन्दै यस दुःखद घटनाले गिरी परिवारसँगै सबैलाई मर्माहत बनाएको बताए। ‘यस दुःखद घटनाले परिवारजनसँगै हामी सबैलाई मर्माहत बनाएको छ,’ थापाले भने।

विपद्को कठिन घडीमा बागमती प्रदेश सरकार शोकसन्तप्त परिवारको साथमा रहेको र आगामी दिनमा पनि साथ दिइरहने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री थापासँगै बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री भरत केसीलगायत पनि गिरी निवास पुगेका थिए।

प्रकाशित: ६ असोज २०८३ ६:२३ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast