प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक पारित

हिमाल प्रेस ५ असोज २०८३ १७:१५ | Monday, September 21, 2026
8
SHARES
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक पारित

काठमाडौँ- प्रतिनिधिसभाको सोमबारको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन्।

उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन्।

तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको उल्लेख गर्दै उनले विधेयकमा दूरदराजका विद्यार्थीका लागि तालिम र विकटका विषयलाई प्राथमिकतासहितका प्रावधान गरिएको बताइन्।

प्रकाशित: ५ असोज २०८३ १७:१५ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast