हवाई फायर गरी ३० केजी गाँजासहित तीन जना नियन्त्रणमा

हिमाल प्रेस ५ असोज २०८३ १४:५१ | Monday, September 21, 2026
2
SHARE
हवाई फायर गरी ३० केजी गाँजासहित तीन जना नियन्त्रणमा फाइल तस्बिर

पर्सा- नेपाल प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

पर्सा पटेर्वासुगौली गाउँपालिका-१ मलाही टोलस्थित गाँजा ओसारपसार गरिरहेको अवस्थामा भाग्दै गर्दा प्रहरीले दुई राउण्ड हवाई फायर गरी ३० केजी गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीले पर्सा पटेर्वासुगौली गाउँपालिका-बस्ने वर्ष ५० का महेश सहनी, ३४ बर्षका नन्दलाल सहनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा सोही गाउँपालिका बस्ने वर्ष ७५ का भुटी भन्ने भुरी चौधरीलाई समेत गाँजा ओसारपसार कार्यमा संलग्न रहेको खुल्न आएकोले निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असोज २०८३ १४:५१ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast