काठमाडौँ- भोटेकोशी बाढीमा सम्पर्कविहीनको तथ्यांकका लिन ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सुरक्षा समितिका सदस्य र जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको छलफलमा सम्पर्कविहीनहरूको तथ्यांक यकिन गर्ने विषयमा गहन छलफल गरिएको छ। सम्पर्कविहीनहरूको नाम सम्बन्धितको जिल्लाका साथै प्रभावित रसुवा र नुवाकोटमा पनि आफन्तले टिपाएको हुँदा दोहरिएका नामलाई यकिन गर्ने बिषयमा छलफल भएको छ।
तथ्यांकमा देखिएको दोहोरोपन रूजु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आ आफ्नो जिल्लामा यकिन गरी सेतु एपमा प्रविष्ट गर्ने सहमति भएको छ। गत भदौ १० को भोटेकोशी बाढीमा ४६५५ बेपत्ता छन्।


