अवरोध पुर्‍याइएका वडाको अधिवेशन आज गर्दै कांग्रेस

हिमाल प्रेस ५ असोज २०८३ ६:३५ | Monday, September 21, 2026
अवरोध पुर्‍याइएका वडाको अधिवेशन आज गर्दै कांग्रेस

काठमाडौँ- विभिन्न कारण अवरुद्ध भएका वडा अधिवेशन नेपाली कांग्रेसले आज गर्दैछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन्।

निर्वाचन समितिका अनुसार आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भइसकेको छ। अब रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ का बाँकी वडामा आज अधिवेशन हुनेछन्। यी स्थानमा विभिन्न कारणले दुई दिनमा अधिवेशन हुन सकेको थिएन।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत १ असोजदेखि वडा अधिवेशन सुरु भएको थियो ।

 

प्रकाशित: ५ असोज २०८३ ६:३५ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast