संविधान संशोधनको बेमौसमी बाजा बजाइएको छ : खनाल

हिमाल प्रेस ४ असोज २०८३ १९:४८ | Sunday, September 20, 2026
संविधान संशोधनको बेमौसमी बाजा बजाइएको छ : खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसोधनका नाममा भएको संविधानलाई विकृतितर्फ लान खोजिएको बताएका छन्।

आइतबार मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले संविधानमा भएका त्रुटीहरुलाई केलाउन जरुरी रहेको उल्लेख गर्दै संविधानको मर्म र भावनालाई संसोधन गर्न नहुने बताए।

उनले संविधानको सीमा अवलोकन गरेर मात्र यसमा भएका कमीकमजोरी पत्ता लगाउन सक्ने भन्दै संविधान संसोधनका विषयमा बेमौसमी बाजा बजाएर हल्ला मच्चाइएको टिप्पणी गरे। संविधान संसोधन समान्य वा गट्टी खेल नभएको उल्ल्ेख गर्दे राष्ट्रिय धरातलबाट सोचेर सबै राजनितिक पार्टीहरुसँग वृहत छलफल गरेर मात्र संसोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

नेता ज्ञवालीले सहकारी ठगीका कारण सबैभन्दा बढी साना बचतकर्ता पीडित बनेको उल्लेख गर्दै सहकारीबाट रकम लिएर जग्गा कारोबारमा लगाउने प्रवृत्तिले पनि सहकारी क्षेत्रमा थप समस्या देखिएको बताए। उनले सहकारी पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले सहकारी संस्थाहरू बचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको बताए। नेपालमा सहकारी क्षेत्र आफ्नो मूल अवधारणाभन्दा बाहिर गएको आरोप लगाउँदै करिब ६५ प्रतिशत सहकारी संस्थाहरूले बचत तथा ऋण कारोबारमा मात्रै केन्द्रित भएको दाबी गरे।

उनले करिब ३० देखि ३५ प्रतिशत लगानी सेवामुखी क्षेत्रमा गएको र औद्योगिक क्षेत्रमा सहकारीको लगानी करिब ०.८५ प्रतिशत मात्रै रहेको बताए।

प्रकाशित: ४ असोज २०८३ १९:४८ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast