६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन सम्पन्न

हिमाल प्रेस ४ असोज २०८३ १८:४१ | Sunday, September 20, 2026
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन सम्पन्न

काठमाडौँ- नेपाली कांग्रेसले १५ औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ।

कांग्रेसले शनिबार र आइतबार गरी ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशनपश्चात निर्वाचन सम्पन्न भएको जनाएको हो।

कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत शनिबार र आइतबार (असोज ३ र ४ गते) वडा अधिवेशनका लागि तोकिएको थियो। वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ ( क्षेत्र नं. ६ बाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौँ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ्ग, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ।

बाँकी रहेका वडाहरूको अधिवेशन सोमबार सम्पन्न हुने उनले बताएका छन्।

केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २, परासी क्षेत्र नं. २ तथा आइतबार सम्पन्न हुन छुट भएका सम्पूर्ण वडाको वडा अधिवेशन सोमबार (असोज ५ गते) निरन्तर जारी रहने कटुवालले जानकारी दिएका छन्।

प्रकाशित: ४ असोज २०८३ १८:४१ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast