गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते

हिमाल प्रेस ४ असोज २०८३ १२:४६ | Sunday, September 20, 2026
गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते

गोरखा- गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको नेपाल प्रहरीले जनाएको छ।

सिरानचोक गाउँपालिका-२ थालाजुङस्थित भित्री सडकखण्डमा आइतबार बिहान ग १ ज ६३८९ नम्बरको महेन्द्र जिप ब्रेक फेल भएर सडकको नालामा खसेको हो।

जिपमा चालकसहित ९ जना सवार थिए। दुर्घटनामा चालकबाहेक ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको छ।

दुर्घटनामा सिरानचोक गाउँपालिका-२ काँउलेकी ८१ वर्षीया लालमाया गुरुङ र सिरानचोक-७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

त्यस्तै, सिरानचोक-७ की ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का, ७३ वर्षीय कुलबहादुर सार्की, सिरानचोक-६ सिम्लेका ६८ वर्षीया सीता गुरुङ, सिरानचोक-७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपाली मध्यम घाइते भएका छन्।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ४ असोज २०८३ १२:४६ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast