शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह द्वितीय श्रेणीको नतिजा सार्वजनिक

हिमाल प्रेस ४ असोज २०८३ ११:४१ | Sunday, September 20, 2026
शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह द्वितीय श्रेणीको नतिजा सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षाको नतिजा सार्वजनिक गर्दै नियुक्ति सिफारिसका लागि छनोट भएका उम्मेदवारको विवरण प्रकाशित गरेको छ।

आयोगले सूचना जारी गर्दै विज्ञापन नं. १९/८२/८३ अन्तर्गत सञ्चालन गरिएको माध्यमिक तह द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक बढुवा प्रक्रियाको अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको हो।

आयोगका अनुसार लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको २०८३ साल वैशाख २० र २१ गते अन्तर्वार्ता सञ्चालन गरिएको थियो।

लिखित परीक्षा, अन्तर्वार्ता र अनुभवको प्राप्ताङ्कका आधारमा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम विभिन्न जिल्लाका लागि बढुवा नियुक्ति सिफारिस हुने उम्मेदवारको योग्यताक्रमसहित नतिजा प्रकाशन गरिएको हो।

यो नतिजा आयोगको २०८३ असोज २ गतेको निर्णय अनुसार सार्वजनिक गरिएको आयोगले जनाएको छ। प्रकाशित योग्यताक्रमअनुसारका उम्मेदवारलाई सम्बन्धित जिल्लामा बढुवा नियुक्ति सिफारिस गरिनेछ।

 

प्रकाशित: ४ असोज २०८३ ११:४१ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast