फाइल तस्बिर
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा साविक विजेता आर्सनलले पहिलो हार व्यहोरेको छ । शनिबार ब्राइटनले आर्सनललाई ३–० ले निरास बनाएको हो । फाल्मर रंगशालामा घरेलु टोली ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोस, चार्लाम्पोस कोस्टौलास र चेमा आन्द्रेसले गोल गरे ।
खेलको ३१औँ मिनेटमा ग्रोसको गोलमार्फत ब्राइटनले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा कोस्टौलासले टोलीको अग्रता दोब्बर बनाए ।
आन्द्रेसले ५७औँ मिनेटमा ब्राइटनका लागि तेस्रो गोल गरे । हारसँगै आर्सनलको ५ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा पुगेको छ। ४ खेलबाट समान अंक ल्याएको म्यान्चेस्टर सिटी तालिकाको पहिलो स्थानमा छ।
जितसँगै पाँच खेलबाट १० अंक जोडेको ब्राइटन तेस्रो स्थानमा उक्लिएको छ ।
प्रकाशित: ४ असोज २०८३ ८:०६ | Sunday, September 20, 2026
प्रतिक्रिया


