इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पुनरागमन जित

हिमाल प्रेस ८ भदौ २०८३ ७:१० | Monday, August 24, 2026
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पुनरागमन जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ। सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले वर्नमाउथमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो।

सिटीको जितमा मार्क गुएही र जोस्को ग्वार्डियोलले गोल गरे। वर्नमाउथका लागि मार्कुस टाभर्नियरले सुरुवाती गोल गरेका थिए।

खेलको २६ औँ मिनेटमा मार्कुस टाभर्नियरको गोलमार्फत बर्नमाउथले सुरुवाती अग्रता बनाएको थियो। इभानिलसनले पेनाल्टी क्षेत्रभित्रबाट दिएको लो बललाई टाभर्नियरको सशक्त प्रहारबाट गोलमा परिणत भएको थियो।

अधिकांश समय दबाबमा रहेको सिटीका लागि खेलको ८४ औँ मिनेटमा मार्क गुएहीले गोल गरे। डिफेन्सिभ मिडफिल्ड खेलिरहेका मार्कले रायन चेर्कीको कर्नरमा गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए। खेलको इन्ज्युरी समयमा जोस्को ग्वार्डियोलले गोल गरे।

 

प्रकाशित: ८ भदौ २०८३ ७:१० | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast