Erling Haaland of Manchester City applauds the fans following the Premier League match between Manchester City and Sunderland at the Etihad Stadium, Manchester, England. Sunday 20th September 2026. (Photo by Isaac Parkin/Manchester City FC)
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा सन्डरल्यान्डमाथि घरेलु मैदानमा जित निकाल्दै म्यान्चेस्टर सिटी तालिकाको शीर्षमा उक्लिएको छ। घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले सन्डरल्यान्डलाई ५-३ गोलअन्तरले पराजित गरेको हो ।
सिटीको जितमा एन्टोइन सेमेन्योले २ गोल गर्दा रायन चेर्की, एन्जो फर्नान्डेज र एर्लिङ हालान्डले १-१ गोल गरे । सन्डरल्यान्डका ब्रायन ब्रोबेले ह्याट्रिक गरेपनि हार टार्न भने सकेनन् ।
खेलको नवौं मिनेटमा एन्जोले शानदार गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १२औं मिनेटमा ब्रोबेले बराबरी गोल फर्काए । २९औं मिनेटमा चेर्कीले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए पनि ३३औं मिनेटमा ब्रोबेले फेरि गोल गरे । ४३औं मिनेटमा सेमेन्योले गोल गरेपछि पहिलो हाफमा सिटी ३-२ ले अगाडि रहेको थियो ।
दोस्रो हाफको ५७औं मिनेटमा सेमेन्योले फेरि गोल गरे भने ब्रोबेले ५९औं मिनेटमा ह्याट्रिक गरेपछि खेल ४-३ को अवस्थामा पुगेको थियो ।
हालान्डले ८१औं मिनेटमा गोल गरेपछि सिटी ५-३ ले अगाडि बढ्यो । त्यसपछि थप गोल भएनन् । जितपछि शीर्षस्थानको सिटीको ५ खेलमा १५ अंक भएको छ । साविक विजेता आर्सनल ५ खेलमा १२ अंकसहित दोस्रोमा धकेलिएको छ।


