वीरगन्ज भन्सारमा उठ्यो मासिक लक्ष्यको ९९.७५ प्रतिशत राजस्व

हिमाल प्रेस ४ असोज २०८३ ७:४० | Sunday, September 20, 2026
वीरगन्ज भन्सारमा उठ्यो मासिक लक्ष्यको ९९.७५ प्रतिशत राजस्व

काठमाडौँ- वीरगन्ज भन्सार कार्यालयले चालु आव २०८३/८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व संकलन गरेको छ।

यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो।

भदौसम्मको संकलनसँगै कार्यालयले चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा गरेको भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए।

मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित: ४ असोज २०८३ ७:४० | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast