एमालेका ३ कमिटीका बैठक आज बस्दै

हिमाल प्रेस ४ असोज २०८३ ६:२८ | Sunday, September 20, 2026
एमालेका ३ कमिटीका बैठक आज बस्दै

काठमाडौँ- नेकपा एमालेले आजबाट लगातार तीन वटा बैठक बोलाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ भने दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ ।

कार्यदल र सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने तय भएको छ । कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदलभित्रै संयोजक बादल र महासचिव शंकर पोखरेलका अलगअलग दुई प्रतिवेदन बनेपछि विवाद भएको थियो ।

त्यसपछि पुन बादल, विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन एकीकृत गरेर एउटै प्रतिवेदन तयार गर्न कार्यदलले जिम्मा दिएको थियो । पोखरेलको प्रतिवेदनमा चुनावी हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव समेटिएको थियो भने थापाको प्रतिवेदनमा अध्यक्षको बचाउ गरिएको थियो ।

सचिवालय बैठकमा कार्यदल प्रतिवेदन र केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुनेछ । एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरस्थित रामबाग महल भनिमण्डलमा बस्ने तय भएको एमालेले जनाएको छ ।

प्रकाशित: ४ असोज २०८३ ६:२८ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast