तीन हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन सम्पन्न

हिमाल प्रेस ३ असोज २०८३ २०:२२ | Saturday, September 19, 2026
तीन हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन सम्पन्न

काठमाडौँ- नेपाली कांग्रेसले १५ औँ महाधिवेशनअन्तर्गत ४३ जिल्लाका तीन हजारभन्दा बढी वडामा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ।

दुई दिनका लागि तोकिएको समयअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशनपश्चात निर्वाचन सम्पन्न भएको हो।

कांग्रेसले १५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनका लागि शनिबार र आइतबारको कार्यतालिका निर्धारण गरेको छ। शनिबार सुरू भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्वु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, कास्की, मनाङ्ग, पर्वत, स्याङ्जा, वागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको छ।

केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक अन्य ३१ जिल्लाको वडा अविधेशन आइतबार पनि जारी रहने उनले बताएका छन्।

प्रकाशित: ३ असोज २०८३ २०:२२ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast