महेन्द्र यादवको क्षेत्रमा रोकियो वडा अधिवेशन

हिमाल प्रेस ३ असोज २०८३ १५:२४ | Saturday, September 19, 2026
महेन्द्र यादवको क्षेत्रमा रोकियो वडा अधिवेशन

काठमाडौँ- नेपाली कांग्रेसको धनुषा क्षेत्र नम्बर ४ का वडाहरूमा वडा अधिवेशन रोकिएको छ।

निवर्तमान सहमहामन्त्री महेन्द्र यादवको निर्वाचन क्षेत्रसमेत रहेको धनुषा-४ को कुनै पनि वडामा वडा अधिवेशन सुरू हुन नसकेको हो।

१४ औँ महाधिवेशनमा शेरबहादुर देउवाको टिमबाट सहमहामन्त्री निर्वाचित भएका यादव कांग्रेसमा आधिकारिकता विवाद सुरू भएपछि सभापति गगन थापा समूहमा प्रवेश गरेका छन्।

धनुषा-४ मा मतदाता नामाावली नआएपछि वडा अधिवेशन रोकिएको हो।

कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले क्रियाशील सदस्यताको सूची नआएपछि शनिबार वडा अधिवेशन हुन नसकेको बताए। क्रियाशील सदस्यताको सूची आएलगत्तै अधिवेशन सुरू हुने उनले जानकारी दिए।

‘क्रियाशील सदस्य मतदाता हुन्छन्, मतदाताको नामावली केन्द्रबाट आएको छैन,’ उनले भने,‘मतदाता नामावली नआएपछि वडा अधिवेशन सुरू हुन सकेन।’

वडा अधिवेशन गर्न दुई दिन समय रहेकोले आइतबार पनि हुनसक्ने उनको भनाइ छ।

‘वडा अधिवेशनका लागि शनिबार र आइतबार समय तोकिएको छ। आज जिल्लाका १०/२० वटा वडामा मात्रै अधिवेशन भएको छ,’ पजियारले भने,‘एक दिन अझै समय बाँकी छ, भोलि सबै वडामा अधिवेशन सकिन्छ।’

प्रकाशित: ३ असोज २०८३ १५:२४ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast