जलवायु मुद्दालाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा

हिमाल प्रेस २ असोज २०८३ १७:३६ | Friday, September 18, 2026
जलवायु मुद्दालाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा बाढीपछि अहिले पनि खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकता नै राख्नुपर्ने बताएका छन्।

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले खोज, उद्धार र राहतको कार्य सम्पन्न भएपछि मात्रै दीर्घकालीन पुनस्र्थापना तथा निजी एवं सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा लाग्नुपर्ने बताए।

उनले विपद् व्यवस्थापन र पुनर्निर्माणका कार्यमा सरकारलाई कांग्रेसको तर्फबाट ‘विनासर्त’ पूर्ण साथ, सहयोग र सहकार्य रहने स्पष्ट पारे। संसद् र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि यसबारे निरन्तर आवाज उठाएको उनले बताए।

सभापति थापाले जलवायु परिवर्तनलाई केवल वन तथा वातावरण मन्त्रालयको जिम्मा लगाएर राष्ट्रिय सुरक्षा र कूटनीतिलाई अलग–अलग कोठामा राखेर छलफल गर्ने सुविधा अब नेपालसँग नरहेको धारणा राखे।

उनले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको छलफल गर्दा तथ्य र प्रमाणका आधारमा जलवायु मुद्दालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए।

केही महिनापछि विपद्को विषय सबैले बिर्सिएको बेला संसद्मा उभिएर सरकारलाई सम्झाउने र खबरदारी गर्ने काम प्रतिपक्षी दलका रूपमा कांग्रेसले निरन्तर गर्ने उनको भनाइ छ।

प्रकाशित: २ असोज २०८३ १७:३६ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast