जनमतको नेतृत्वमा सीकेको निरन्तरता

हिमाल प्रेस २ असोज २०८३ १५:०८ | Friday, September 18, 2026
जनमतको नेतृत्वमा सीकेको निरन्तरता

काठमाडौँ- जनमत पार्टीको अध्यक्षमा सीके राउत एकल उम्मेदवारी दर्ता भएको छ। वीरगञ्जमा जारी पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी दर्ता भएको हो।

अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी दर्ता भएपछि जनमत पार्टीको आगामी नेतृत्व फेरि उनले नै सम्हालने लगभग पक्का छ।

अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा भने निर्वाचन भएको छ। सात जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ।

उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा.जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा.कमरुल्लाह अंसारी, संजयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठको उम्मेदवारी परेको छ।

त्यस्तै महासचिव पदमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ। महासचिवमा ममता झा, चन्दनकुमार सिंह र संजयकुमार यादवको उम्मेदवारी परेको छ।

एक उपमहासचिवका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ। उपमहासचिव पदका लागि निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिकले उम्मेदवारी दिएका छन्।

७ सचिवका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ।

सचिव पदका लागि सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अञ्जनी देवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ। उद्घाटन, बन्दसत्र र मतदानलगायतका कार्यक्रममा असोजको दोस्रो साता तोकिए पनि मनोनय दर्ता भने बिहीबार राखिएको थियो।

निर्वाचन समितिले महाधिवेशन प्रक्रियाअन्तर्गत असोज १ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, बिहीबार (असोज २ गते) उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका निर्धारण गरेको थियो भने शनिबार (असोज ३ गते उम्मेदवारमाथि दाबी विरोधको समय तोकेको छ।

त्यस्तै असोज ४ गते उम्मेदवारी फिर्ता र असोज ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित: २ असोज २०८३ १५:०८ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast