कुन कुन जिल्ला बाढी प्रभावित बन्लान् आज? हेर्नुस्

हिमाल प्रेस १ असोज २०८३ ९:३३ | Thursday, September 17, 2026
कुन कुन जिल्ला बाढी प्रभावित बन्लान् आज? हेर्नुस्

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले आज पनि ठूला केही नदीमा बाढी आउने जनाएको छ। महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल रहेको छ। तर वर्षासँगै ती नदीको बहाब बढ्ने सम्भावना रहेको पनि बाढी महाशाखाले बिहानी बुलेटिनमा उल्लेख गरेको छ।

यस्तै आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुं, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा, अछाम र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

प्रकाशित: १ असोज २०८३ ९:३३ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast