चाडपर्वमा बजार अनुशासन गर्न झापाका व्यवसायीलाई आग्रह

हिमाल प्रेस ३१ भदौ २०८३ १३:४३ | Wednesday, September 16, 2026
चाडपर्वमा बजार अनुशासन गर्न झापाका व्यवसायीलाई आग्रह फाइल तस्बिर।

झापा- झापा उद्योग वाणिज्य संघले आगामी बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै व्यवसायीलाई उपभोक्ता अधिकारको संरक्षण र बजार अनुशासन गर्न आग्रह गरेको छ।

संघले व्यापारीलाइ बिक्री गरिने वस्तुको मूल्यसूची, स्थायी लेखा नम्बर (पान) तथा व्यवसाय दर्ता प्रमाणपत्र उपभोक्ताले सहजै देख्न सक्ने स्थानमा राख्न भनेको छ।

संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले चाडपर्वका समयमा बजारमा चाप बढ्ने भएकाले उपभोक्तालाई सहज हुनेगरी व्यवसाय सञ्चालन गर्न तथा नेपाल सरकारले तोकेका मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए।

यसैबीच, चाडपर्वलाई मध्यनजर गर्दै सङ्घले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म साप्ताहिक बजार बन्दको व्यवस्था अस्थायी रूपमा हटाएको छ । उक्त अवधिमा उद्योग, पसल तथा व्यवसाय नियमित सञ्चालन गर्न संघले व्यवसायीलाई आग्रह गरेको छ।

आगामी कात्तिक ३० गतेपछि भने साविककै व्यवस्थाअनुसार साप्ताहिक रूपमा उद्योग, पसल तथा व्यवसाय बन्द रहने संघले जनाएको छ।

प्रकाशित: ३१ भदौ २०८३ १३:४३ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast