बाँसबारीमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हिमाल प्रेस ३० भदौ २०८३ १६:१४ | Tuesday, September 15, 2026
बाँसबारीमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौँ- काठमाडौँ महानगरपालिका-३ बाँसबारीस्थित गंगालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।

मंगलबार बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा स्कुटर चालक बुढानीलकण्ठ नगरपालिका-१३, चुनिखेलका २२ वर्षीय समिर श्रेष्ठ गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

दुर्घटनामा स्कुटरमा सवार सोही स्थानकी २१ वर्षीया आयुष्मा मगर पनि घाइतेको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भदौ २०८३ १६:१४ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast