भन्सार छलेर ओसारपसार गर्दै गरेको अवस्थामा ११ लाखका लत्ताकपडा बरामद

हिमाल प्रेस ३० भदौ २०८३ ८:३७ | Tuesday, September 15, 2026
भन्सार छलेर ओसारपसार गर्दै गरेको अवस्थामा ११ लाखका लत्ताकपडा बरामद फाइल तस्बिर।

काठमाडौँ- वीरगन्जमा भन्सार छलेर ओसारपसार गर्दै गरेको ११ लाख बढीका लत्ताकपडाहरू प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका १६ ईनर्वागाँउबाट भन्सार छलीको उक्त लत्ताकपडाहरू बरामद गरेको जनाएको छ । सीमावर्ती क्षेत्रबाट खुलेयाम अवैध ओसारपसार हुन थालेपछि प्रहरीले निगरानी बढाउँदा उक्त लत्ताकपडा बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लका अनुसार बरामद सामग्री ११ लाख २ हजार १ सय ४० रुपैयाँ बराबरको रहेको जनाएका छन् । बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ३० भदौ २०८३ ८:३७ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast