प्रचण्ड र मधेश प्रदेशका मुख्यमन्त्री यादवबीच भेटवार्ता

हिमाल प्रेस २६ भदौ २०८३ १६:५३ | Friday, September 11, 2026
प्रचण्ड र मधेश प्रदेशका मुख्यमन्त्री यादवबीच भेटवार्ता

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। शुक्रबार जनकपुरधामस्थित मुख्यमन्त्री आवासमा भेटवार्ता भएको हो।

बिहीबार सिरहाको कार्यक्रममा सहभागी भएर संयोजक प्रचण्ड जनकपुरमा बसेका थिए। जनकपुरमा रहेको बेला उनले मुख्यमन्त्री यादवसँग भेटघाट गरेका हुन्।

भेटका क्रममा प्रदेश सरकारको काम कारबाहीका बारेमा जानकारी लिएका थिए। मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारमा नेकपा पनि सहभागी छ।

प्रदेश सरकारको कामकारबाही तथा सरकार सञ्चालनका विषयमा कुराकानी भएको मुख्यमन्त्री यादवको सचिवालयले जनाएको छ।

त्यस्तै राष्ट्रिय राजनीतिका साथै समसामयिक विषयमा समेत नेताहरूबीच छलफल भएको बताइएको छ।

संयोजक प्रचण्ड र मुख्यमन्त्री यादवबीच झन्डै २० मिनेट कुराकानी भएको थियो। भेटमा नेकपा नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईलगायतका नेता सहभागी थिए।

प्रकाशित: २६ भदौ २०८३ १६:५३ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast