रसुवा बाढीपीडित १३२ बालबालिकाको काठमाडौँमा पठनपाठन सुरु

हिमाल प्रेस २६ भदौ २०८३ १३:०३ | Friday, September 11, 2026
रसुवा बाढीपीडित १३२ बालबालिकाको काठमाडौँमा पठनपाठन सुरु

काठमाडौँ- रसुवा बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ। बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ।

काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोललले वचन र व्यवहारले बालबालिकालाई आत्मिय व्यवहार गरी पढाउन आग्रह गरिन्।

नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए।

उक्त विद्यालयमा पढ्ने विद्यार्थीमध्ये केहीका बुबाआमा छैनन्। केहीका बुवा आमामध्ये एक जना छैनन्। कसैका दुवै छैनन्। विद्यार्थीका लागि कोशिस नेपालले झोला र पोसाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ।

आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पुर्याउन र एलआरआइ स्कुलले सवारीसाधन उपलब्ध गराएको छ। विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर नभई परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने बताए।

प्रकाशित: २६ भदौ २०८३ १३:०३ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast