यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

हिमाल प्रेस २५ भदौ २०८३ १७:१५ | Thursday, September 10, 2026
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण सरकारले स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१ औँ महसभामा आगामी असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने प्रनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा असोज ६ देखि १० गतेसम्म हुने प्रमको नेतृत्वमा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने

भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर गभर्नमेन्टल सबकमिटी(आईजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने

गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति स्वीकृति प्रदान गर्ने

काठमाडौँ,भक्तपुर,ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहहरुको १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने

शिक्षक सेवा आयोगको अध्यक्षमा डा.हरिप्रसाद लम्साल र सदस्यमा रामशरण सापकोटा, महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्ति गर्ने
सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तमकुमार खत्रीलाई सचिवमा बढुवा

प्रकाशित: २५ भदौ २०८३ १७:१५ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast