काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
‘भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ’, प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाउनुभएको हो।’
प्रकाशित: २५ भदौ २०८३ ११:०१ | Thursday, September 10, 2026
प्रतिक्रिया


