देउवाले फेरि भने-सर्वोच्च अदालतले न्याय दिन्छ

हिमाल प्रेस २४ भदौ २०८३ १७:०९ | Wednesday, September 9, 2026
देउवाले फेरि भने-सर्वोच्च अदालतले न्याय दिन्छ

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने दाबी गरेका छन्।

बुधबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

उनले सर्वोच्च अदालतले पार्टीको आधिकारिता आफूहरूलाई प्रदान गर्ने विश्वास व्यक्त गरे।

‘पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामी पाउँछौँ, पञ्चायतकाल होस् वा राजा ज्ञानेन्द्रले जेल हाल्दा, अदालतले न्याय दिएको छ,’ उनले भने,‘सर्वोच्च अदालतले मलाई न्याय दिन्छ भन्ने मलाई विश्वास छ, आधिकारिकता हामीले नै पाउँछौँ।’

उपचारका लागि लामो समय विदेश बसाइपछि साउन २८ मा स्वदेश फर्किएका बेला पनि उनले पार्टीको आधिकाकिता आफूहरूले पाउने दाबी गरेका थिए।

प्रक्रिया पुरा गरेर विशेष महाधिवेशन नगरिएकोले पार्टीको आधिकारिकता आफूहरूले पाउने तर्क देउवाको छ। विशेष महाधिवेशन गर्न पाउने विधानको व्यवस्था रहे पनि प्रक्रिया नपुर्‍याइएको उनको भनाइ छ।

‘विशेष महाधिवेशन बोलाउने अधिकार छ पार्टीलाई। तर, त्यसका लागि प्रतिनिधि कुन जिल्ला, कुन क्षेत्रको हो सनाखत गर्नुपर्दछ, विना सनाखत विशेष अधिवेशन बोलाउन पाइन्छ?,’ देउवाले भने,‘खल्तीबाट मान्छे निकालेर हस्ताक्ष गराएर हुन्छ? त्यो हो कि होइन? पार्टी मेम्बर हो कि होइन हेर्नु पर्दैन?’

विगतमा पनि विशेष महाधिवेशन बोलाइए पनि सबैको सहमतिमा बोलाइएको उनले प्रस्ट पारे।

‘कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान छ, यो अधिवेशन पार्टीले बोलाउने हो,’ देउवाले भने,‘सुवर्ण शम्शेर सभापति हुाँ विशेष अधिवेशन बोलाइएको पनि हो, सबैको एकता भएर विशेष अधिवेशन बोलाइएको हो, सबै प्रतिनिधिको सनाखत गराएर बोलाइएको थियो।’

प्रकाशित: २४ भदौ २०८३ १७:०९ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast