कारभित्र १३ पोका पारेर लुकाएको अवस्थामा भेटियो १६२ किलो गाजा, दुई चालक पक्राउ

हिमाल प्रेस २३ भदौ २०८३ ७:५४ | Tuesday, September 8, 2026
कारभित्र १३ पोका पारेर लुकाएको अवस्थामा भेटियो १६२ किलो गाजा, दुई चालक पक्राउ

काठमाडौँ- मकवानपुर मनहरी गाउँपालिका ९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले २३ गते राति करिब २:४५ बजे भाबरस्थित भित्री सडकखण्डमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको नेपाल प्रहरीले जनाएको छ।

भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा।प्र।०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा पिकअप गाडी भाग्न खोजेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि कारभित्रको सिटमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा १३ पोकामा रहेको १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको छ।

कार चालक चितवनको माडी नगरपालिका ५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका २४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा पिकअप गाडीका चालकले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको छ । गाँजा, दुवै चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: २३ भदौ २०८३ ७:५४ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast