अहंकार त्यागेर अघि बढ्न प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

हिमाल प्रेस १७ भदौ २०८३ १५:५२ | Wednesday, September 2, 2026
अहंकार त्यागेर अघि बढ्न प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहंकार त्यागेर सबैलाई साथमा लिएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले संकटको घडीमा राष्ट्रलाई एकजुट बनाउने मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै भएकाले अहंकार त्यागेर सबैलाई साथमा लिएर अघि बढ्न आग्रह गरेका हुन्।

उनले संकटको समयमा जनताले आश्वासन र सामाजिक सञ्जालको पोस्ट नभई कार्यक्षेत्रमा सरकारको प्रत्यक्ष उपस्थिति खोजेको धारणा राखे।

अहिलेको अवस्थामा सेना परिचालनमात्र गरेर नपुग्ने भन्दै प्रचण्डले जनपरिचालन र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नभएसम्म विपद्को समाधान कठिन हुने उल्लेख गरे।

सुरुवाती दिनको तदारुकता र पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखिएको र कार्यक्षेत्रमा सरकार उद्धार कार्यमा असफल भएको जनगुनासो व्यापक रूपमा उठेको उनले बताए। उनले टनेल उद्धारमा दुई दिनसम्म ‘हामी आफैँ गर्छौँ’ भन्ने महत््वाकांक्षा र अहंकार देखाउँदा ढिलाइ भएको र अन्त्यमा सुरक्षा निकायले हात उठाउनुपर्ने स्थिति बनेको जिकिर गरे।

उनले विदेशी तथा प्राविधिक विज्ञहरूले सहयोग गर्छौँ भन्दा पनि सरकारले समयमै तत्परताका साथ सहयोग जुटाउन नसकेको उल्लेख गरे। उनले अहिले सबै दलहरूले सरकारलाई साथ दिन्छौँ भनिरहँदा प्रधानमन्त्रीले प्रतिपक्ष तथा आफ्नै दलका सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको टिप्पणी गरे।

प्रकाशित: १७ भदौ २०८३ १५:५२ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast