भारतका रक्षामन्त्री सिंहले भने-नेपालको साथमा उभिएका छौँ

हिमाल प्रेस १५ भदौ २०८३ १६:०८ | Monday, August 31, 2026
भारतका रक्षामन्त्री सिंहले भने-नेपालको साथमा उभिएका छौँ

काठमाडौँ- भारतका रक्षामन्त्री राजनाथ सिंहले भारत नेपालको ‘काँधमा काँध’ मिलाएर उभिएको बताएका छन्।

सोमबार नयाँदिल्लीस्थित नेपाली राजदूतवास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले यस्तो बताएका हुन्।

‘सुख दुःखको साथी हौँ, भारत नेपालको काँधमा काँध मिलाएर उभिएको छ,’ सिंहले भने।

रक्षामन्त्री सिंहले खोज, उद्धार तथा पुनः स्थापनाका कार्यहरूमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको समेत बताए।

उनले विनाशकारी बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।

भोटेकोशी बाढीपछि भारतले तीनपटक गरी ५५ टनभन्दा बढी राहत तथा स्वास्थ्य सामग्री पठाइसकेको छ भने खोज तथा उद्धार कार्यका लागि विशेषज्ञ टोलीसमेत प्रभावित क्षेत्रमा पठाएको छ।

प्रकाशित: १५ भदौ २०८३ १६:०८ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast