रसुवा जोड्ने सडक गरियो स्तरोन्नति

हिमाल प्रेस १५ भदौ २०८३ १२:२१ | Monday, August 31, 2026
रसुवा जोड्ने सडक गरियो स्तरोन्नति फाइल तस्बिर

काठमाडौँ- बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले नुवाकोट-विदुर-चोगटे- सरमथली- जिरोकिलो हुँदै रसुवा जाने सडकलाई विस्तार तथा स्तरोन्नति गर्न सुरुवात गरेको छ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटबाट रसुवा जाने सडक अवरुद्ध भएपछि प्रदेश सरकारले वैकल्पिक सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सोमबार चोगटे-सरमथली-जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा देखिएको समस्या समाधान गर्ने कामलाई निरन्तरता दिइएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

उनले आवतजावत गर्ने नागरिकलाई कुनै कठिनाइ नहोस् र राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भनेर सडक स्तरोन्नतिको काम भइरहेको बताए।

विदुरदेखि जिरोकिलोसम्म करिब १५ किलोमिटर दूरी रहेको बताइन्छ।

प्रकाशित: १५ भदौ २०८३ १२:२१ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast