मुख्यमन्त्री थापाले पठाए ३ ट्रक खाद्यान्न

हिमाल प्रेस १४ भदौ २०८३ ८:१३ | Sunday, August 30, 2026
मुख्यमन्त्री थापाले पठाए ३ ट्रक खाद्यान्न

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको उत्तरगया र धुन्चेका बाढीपीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाएका छन्।

भदौ १० गते नुवाकोट, भदौ ११ र १२ गते उत्तरगया तथा धुन्चेको स्थलगत अवलोकन गरी गृह जिल्ला भक्तपुर फर्किएलगत्तै मुख्यमन्त्री थापाले सो राहत सामग्री संकलन गरी पठाएका हुन्। उनले रसुवाको उत्तरगया र धुन्चेमा विपद्मा परेका नागरिकका लागि अत्यावश्यक खाना र लत्ताकपडा स्थलमार्गबाट पठाएको बताए ।

मुख्यमन्त्री थापाले काठमाडौँबाट पठाएको राहत सामग्री बिदुरमा मात्रै थुप्रिएकाले उत्तरगया र धुन्चेका लागि टिपर र ट्रकमा राहत सामग्री पठाएको बताए। उनले बागमती प्रदेशको पहलमा छहरे, चौघोडा, बाहुनबेँसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, जेरोकिलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको जानकारी दिए।

प्रदेश सरकारले रसुवामा अलपत्र परेका पर्यटकलाई निःशुल्क रूपमा विभिन्न यातायातका साधनमार्फत काठमाडौँ ल्याउने काम गरिरहेको छ ।

 

प्रकाशित: १४ भदौ २०८३ ८:१३ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast