रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार

हिमाल प्रेस १२ भदौ २०८३ १०:५३ | Friday, August 28, 2026
रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार

काठमाडौँ- रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले आज बिहानैदेखि उद्धार गरेको छ।

जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म सुरुङबाट दुई जनालाई सकुशल उद्धार गरेको छ।

सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन भइसकेको छैन। नेपाली सेनाले सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

अप्ठ्यारो भौगोलिक तथा सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका बाबजुद सेनाले प्राविधिक उपकरणसहित विशेष तालिमप्राप्त टोली परिचालन गरेको छ।

टोलीले सुरुङभित्र बाँकी रहेका मानिसहरूको खोजी गर्दै उद्धार प्रयासलाई निरन्तरता दिइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बाढीका कारण सुरुङभित्र फसेका मानिसहरूको अवस्था र उनीहरूको संख्या यकिन गर्न पनि उद्धार टोलीले खोजी कार्य जारी राखेको छ।

प्रकाशित: १२ भदौ २०८३ १०:५३ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast