सेनाले गर्‍यो ६०२ जनाको हवाई उद्धार

हिमाल प्रेस ११ भदौ २०८३ १६:४८ | Thursday, August 27, 2026
सेनाले गर्‍यो ६०२ जनाको हवाई उद्धार

काठमाडौँ- रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले उद्धार, उपचार र राहत वितरणको कार्यलाई तीव्र बनाएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहीबार दिउँसो ३:३० बजेसम्म सेनाका हेलिकप्टरमार्फत ५० विदेशी नागरिकसहित ६०२ जनाको हवाई उद्धार गरिएको छ भने थप २०० जनाको जमिनीमार्फत उद्धार गरिएको छ।

सेनाका अनुसार बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट प्रभावितहरूको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

घाइतेहरूको उपचारका लागि वीरेन्द्र अस्पतालबाट डाक्टर अधिकृतसहितको मेडिकल टोली परिचालन गरिएको छ।

उक्त टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म ३३८ जना घाइतेलाई उपचार सेवा प्रदान गरेको जनाएको छ।

खोज तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन नेपाली सेनाले ड्रोन र सैनिक डग (स्निफर डग) समेत परिचालन गरेको छ।

सेनाका अनुसार ४ हजार २ सयभन्दा बढी सैनिक विभिन्न निकायसँग समन्वय गरी घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरणमा खटिएका छन्।

यससँगै, बाढीका कारण प्रभावित धादिङस्थित पृथ्वी राजमार्गमा जमेको लेदो पन्छाई सडक सञ्चालनमा ल्याउने कार्यमा पनि नेपाली सेना परिचालित रहेको जनाइएको छ।

प्रकाशित: ११ भदौ २०८३ १६:४८ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast