त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह

हिमाल प्रेस १० भदौ २०८३ १०:३६ | Wednesday, August 26, 2026
त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह

काठमाडौँ- नेपाल प्रहरीले रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको भन्दै अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीले जारी गरेको सूचनाअनुसार रसुवाबाट बगेको बाढीको प्रभावलाई मध्यनजर गर्दै नुवाकोट, धादिङ, चितवन, गोरखा लगायत त्रिशूली नदी तटीय जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

बाढीको जोखिम कायम रहेकाले नदी किनार आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न प्रहरीले आग्रह गरेको छ।

प्रहरीले सम्बन्धित जिल्लाका सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको जनाउँदै आवश्यक परे तत्काल उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

प्रकाशित: १० भदौ २०८३ १०:३६ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast