राजमार्गको अवस्था : राजदूवाली २ महिनादेखि ठप्प, त्रिशुली-मैजुङ-स्याफ्रुबेंसी खुल्न अझै समय लाग्ने

हिमाल प्रेस १० भदौ २०८३ ८:३९ | Wednesday, August 26, 2026
राजमार्गको अवस्था : राजदूवाली २ महिनादेखि ठप्प, त्रिशुली-मैजुङ-स्याफ्रुबेंसी खुल्न अझै समय लाग्ने ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका-१ सेसम्बुस्थित सडकमा गएको पहिरो। फाइल तस्बिर

काठमाडौँ- विभिन्न कारणले देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा सुरक्षाका कारण रात्रिकालीन यात्रामा रोक लगाइएको छ।

कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका ९ को राजदुवालीमा अविरल वर्षाका कारण सडक अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटोको व्यवस्था रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै मुख्य मार्गहरूमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेस्थित वी।पी। राजमार्गको खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा सडकको अवस्था हेरेर मात्र सवारी छाडिने गरिएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन निषेध गरिएको छ।

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैजुङ-स्याफ्रुबेंसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ, जुन खुल्न केही समय लाग्ने देखिएको छ। नुवाकोटको टोखा-छहरे सडक खण्डमा पनि सम्भावित जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगाड खोलामा आएको बाढीले जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा ठप्प पारेको छ। देशभरका विभिन्न स्थानमा सडक अवरोध भइरहने सम्भावना रहेकाले लामो दूरीको यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बुझ्न यात्रुहरूलाई आग्रह गरिएको छ।

 

प्रकाशित: १० भदौ २०८३ ८:३९ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast