बुधबार सार्वजनिक बिदा

हिमाल प्रेस ९ भदौ २०८३ १५:०२ | Tuesday, August 25, 2026
बुधबार सार्वजनिक बिदा

काठमाडौँ- गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा दिइने सार्वजनिक बिदा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्रै लागू हुने बताएको छ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै ०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाएको हो।

मुस्लिम आयोगबाट ०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सोही दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्रै सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता बालनन्द काफ्लेका अनुसार निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

प्रकाशित: ९ भदौ २०८३ १५:०२ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast