अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

हिमाल प्रेस ८ असार २०८३ २०:४० | Monday, June 22, 2026
8
SHARES
अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली– केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बिदा दिने निर्णय गरेको छ।

बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो।

गर्मीका कारण विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकाले त्यसको प्रतिकूल असरबाट बच्न र सुरक्षित रहन धनगढीभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा यही असार ९ गतेदेखि १२ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय भएको उपमहानगरपालिका, शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ।

गर्मीका कारण विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले वर्षे तथा हिउँदे बिदाबाट मिलान हुने गरी बिदा व्यवस्था गरिएको जारी सूचनामा उल्लेख गरिएको छ।

साथै, उपमहानगरले शिक्षक, विद्यार्थी र अभिभावकलाई गर्मी तथा लु (तातो हावा) बाट बच्नका लागि सावधानीका उपायहरू अवलम्बन गर्नुहुन पनि अनुरोध गरेको छ।

प्रकाशित: ८ असार २०८३ २०:४० | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast