आँखामा समस्या देखाउँदै प्रधानमन्त्री बालेनले सदनमा लाउने भए कालो चस्मा

हिमाल प्रेस ९ भदौ २०८३ ११:५० | Tuesday, August 25, 2026
आँखामा समस्या देखाउँदै प्रधानमन्त्री बालेनले सदनमा लाउने भए कालो चस्मा

काठमाडौँ- सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाउन नपाइने नियम राखेको धेरै समय भएको छैन। यसअघि संसद् नियमावलीको नियम ५६ कोकार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले संसद्लाई मर्यादित र अनुशासित बनाउन भन्दै कालो चस्मा लगाएर नआउन आ–आफ्ना सांसदलाई जानकारी गराएका थिए।

यदि कालो चस्मा लगाउनुपर्ने भए स्वास्थ्य रिपोर्ट बुझाउनुपर्ने भन्दै सभामुख अर्यालले अन्यथा बैठकमा सहभागी नगराइने चेतावनी दिएका थिए। तर यो नियमपछि पनि प्रधानमन्त्री वालेन शाहले भने कालो चस्मा लगाउने भएका छन्। प्रधानमन्त्रीको सचिवालयले वालेनको स्वास्थ्यमा समस्या देखाउँदै चस्मा जरुरी पर्ने बताएको छ। नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालकामा गत साउन २२ गते प्रधानमन्त्री बालेनले आँखा परीक्षण गराएका थिए ।

लेफ्टिनेट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्री बालेनको आँखा परीक्षण गरेर बनाएको स्वास्थ्य रिपोर्ट सचिवालयमा बुझाइएको हो । उक्त रिपोर्टमा प्रधानमन्त्री बालेनलाई उज्यालोमा हेर्न कठिन हुने, आँखा सुक्खा हुने हुँदा आइड्रपको प्रयोग गरिरहनुपर्ने उल्लेख छ । भोलि १० गते सांसदसँग प्रश्नोत्तरका लागि प्रधानमन्त्री सदन जाँदैछन्। त्यहाँ उनी कालो चस्मामै देखिने भएका छन्।

प्रकाशित: ९ भदौ २०८३ ११:५० | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast