सभामुख अर्याल किन गए त्रिवि शिक्षण अस्पताल?

हिमाल प्रेस ९ भदौ २०८३ ६:४५ | Tuesday, August 25, 2026
सभामुख अर्याल किन गए त्रिवि शिक्षण अस्पताल? सभामुख डोलप्रसाद अर्याल/फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख डीपी अर्याल स्वास्थ्य जाँच गराएर सोमबारै अस्पतालबाट ‍निवास फर्किएका छन्।

सभामुखको सचिवालयका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका थिए।

‘स्वास्थ्य परीक्षण सम्पन्न भएपछि उहाँ निवास फर्किनुभएको छ’, सोमबार बेलुका सभामुखको सचिवालयले सामाजिक सञ्जालमा लेखेको छ।

छाती दुखेपछि सभामुख अर्याल सोमबार दिउँसो अस्पताल गएको बताइएको छ।

प्रकाशित: ९ भदौ २०८३ ६:४५ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast