कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

हिमाल प्रेस ८ भदौ २०८३ १७:२० | Monday, August 24, 2026
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलवस्तु- मायादेवी गाउँपालिका-५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो।

प्रबन्धक ओमशंकर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ। राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उनले दाबी गरे।

उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ। ‘मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने।

उद्योगले हाल प्रतिलिटर रु ३६५ मा तेल बिक्री गरिरहेको छ। मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापनाबाट स्थानीयले रोजगारी पाएको बताए।

प्रकाशित: ८ भदौ २०८३ १७:२० | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast