तमिलनाडुका मुख्यमन्त्री विजयद्वारा महिलाका लागि निःशुल्क बसको घोषणा

हिमाल प्रेस ८ भदौ २०८३ १५:०८ | Monday, August 24, 2026
तमिलनाडुका मुख्यमन्त्री विजयद्वारा महिलाका लागि निःशुल्क बसको घोषणा तमिलनाडु प्रदेशका मुख्यमन्त्री एवं टीभीके प्रमुख विजय/फाइल तस्बिर

काठमाडौँ- भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री सी जोसेफ विजयले महिलाहरूका लागि निःशुल्क बस यात्रा योजना विस्तारको घोषणा गरेका छन्।

सोमबार विधानसभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार अब महिलाहरूले सहरी क्षेत्रमा सञ्चालन हुने एक्सप्रेस र डिलक्स सरकारी बसहरूमा पनि निःशुल्क यात्रा गर्न पाउनेछन्।

त्यस्तै उपसहरीय र पहाडी क्षेत्रमा नियमित भाडादर भएका सरकारी बसहरूमा पनि महिलाबाट भाडा लिइने छैन।

मुख्यमन्त्री विजयले योजनाअन्तर्गत निःशुल्क यात्राको लाभ लिनका लागि कुनै उमेर हद लागू नहुने र यात्राको संख्यासम्बन्धी पनि कुनै सर्त नरहने बताएका छन्।

उनले महिलाहरूका लागि निःशुल्क बस यात्रा योजना अक्टुबर २ (गान्धी जयन्ती) का दिनदेखि लागू गरिने जानकारी दिए। यो योजनाको विस्तारले राज्य सरकारलाई प्रतिवर्ष करिब ६ हजार करोड रुपैयाँको वित्तीय भार पर्ने जनाइएको छ।

प्रकाशित: ८ भदौ २०८३ १५:०८ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast