उद्धव थापालाई पदमुक्त गर्न राजेन्द्र लिङ्देनले लेखे सभामुखलाई पत्र, इतरपक्षले मुख्यमन्त्रीलाई मत लिने

हिमाल प्रेस ८ भदौ २०८३ १३:४४ | Monday, August 24, 2026
उद्धव थापालाई पदमुक्त गर्न राजेन्द्र लिङ्देनले लेखे सभामुखलाई पत्र, इतरपक्षले मुख्यमन्त्रीलाई मत लिने

काठमाडौँ- बागमती प्रदेशमा किरण थापा मगरलाई विश्वासको मत दिने विषयमा राप्रपा दुई समूहमा विभाजित भएको छ। राजेन्द्र लिङ्देननिकट राप्रपाले उद्धवप थापालाई सांसद पदबाट बर्खास्त गर्न पत्र लेखेको छ।

सोही पद बागमती प्रदेश राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आज उपसभामुखलाई बुझाएकी छिन्। थापा राप्रपा बागमती सभाको संसदीय दलको नेता थिए। तर केन्द्रको निर्णय नमानेको भन्दै उनलाई राप्रपाले हटाउने निर्णय ग¥यो। तर सभामुखले बर्खास्त नगरेपछि लिङ्देनले पत्र लेखेका छन्। यही विषयले राप्रपा बागमतीमा विवाद आएको छ। थापाको मन्त्रिपरिषद्मा राप्रपाका ३ मन्त्री बनेका छन्।

राप्रपाबाट राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ मन्त्री बनेका छन्। थापा पक्षले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ। इतरपक्षका नेताहरूका अनुसार उनीहरूमध्येबाट राप्रपाको ७ मत मुख्यमन्त्रीलाई खस्नेछ। हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ।

प्रकाशित: ८ भदौ २०८३ १३:४४ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast