कुन कुन सडक अवरुद्ध छन्? हेर्नुस्

हिमाल प्रेस ८ भदौ २०८३ ७:४४ | Monday, August 24, 2026
कुन कुन सडक अवरुद्ध छन्? हेर्नुस् बिपी राजमार्ग। फाइल तस्बिर।

काठमाडौँ-  देशका विभिन्न मुख्य राजमार्ग लगातारको वर्षा, बाढी र पहिरोका कारण प्रभावित भएका छन्।  कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सुचारु रहेको छ। इलामको राजदुवाली क्षेत्रमा झापा–ताप्लेजुङ सडकखण्ड मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। दुवै स्थानमा वैकल्पिक बाटोको प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

बागमती प्रदेशका सडकहरूमा जोखिम बढेपछि आवागमनमा कडाइ गरिएको छ। काभ्रेस्थित बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक खण्डमा पनि साँझ ५ देखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध छ।

सिन्धुपाल्चोकको कोदारी र लिपिङस्थित अरनिको राजमार्ग तथा रसुवाको खाल्टेस्थित त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी र स्याउ पार्किसहितको पासाङ ल्हामु सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको शिवपुरी टोखा–छहरे सडक खण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ।

गण्डकी प्रदेशका मुख्य राजमार्गहरूमा पहिरो खसे पनि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन्। बागलुङको बेलबगरस्थित कालिगण्डकी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी–जोमसोम सडक र मनाङको खोत्रोस्थित चामे–बेसिशहर सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।

प्रकाशित: ८ भदौ २०८३ ७:४४ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast