बीपी राजमार्ग पुनः सञ्चालनमा

हिमाल प्रेस २४ असोज २०८३ ११:२३ | Saturday, October 10, 2026
2
SHARE
बीपी राजमार्ग पुनः सञ्चालनमा

काठमाडौँ- रातभरिको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

सडक विभागका अनुसार राजमार्गको निर्माणाधीन खण्डअन्तर्गत मङ्गलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ नार्के र पिनथलीको बीचमा लेदो खसेर सडक अवरुद्ध भएको थियो ।

वर्षाका कारण सडकमा थुप्रिएको लेदो पन्छाएपछि रोकिएका सवारी साधनहरू सञ्चालनमा आएका छन् । सडक खुला भएसँगै रोकिएका यात्रु तथा सवारी साधनहरू आआफ्नो गन्तव्यतर्फ लागेको विभागले जनाएको छ ।

प्रकाशित: २४ असोज २०८३ ११:२३ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast