घर अगाडिबाट हराएकी २ वर्षीया बालिका सकुशल फेला परिन्

हिमाल प्रेस ७ भदौ २०८३ १३:५७ | Sunday, August 23, 2026
घर अगाडिबाट हराएकी २ वर्षीया बालिका सकुशल फेला परिन्

काठमाडौँ- बाराको कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला पारिएको छ। कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोल निवासी मुकेशकुमार मण्डलकी करिब दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल शनिबार साँझ करिब ५:३० बजे आफ्नै घर अगाडिबाट हराएकी थिइन्।

नेपाल प्रहरीका अनुसार बालिकाका हजुरबुवा मदन मण्डलले राति ८:४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा जानकारी गराएपछि तत्काल खोजतलास सुरु गरिएको थियो। बालिकाको खोजीका लागि रातभर सक्रिय रुपमा विभिन्न समूहमा प्रहरी टोली परिचालन गर्नुका साथै कुकुरसहितको प्रहरी टोली समेत परिचालन गरिएको थियो।

आइतबार बिहान करिब ५:४५ बजे कलैया उपमहानगरपालिका –२६ सिस्वास्थित बाटोमा बालिकालाई सकुशल फेला पारिएको हो। बिहान ११ बजे बालिकालाई उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको छ।

प्रकाशित: ७ भदौ २०८३ १३:५७ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast